व्यावसायिक श्वासप्रश्वास रोगहरूको बारेमा
व्यावसायिक श्वासप्रश्वास रोगहरू कामसँग सम्बन्धित अवस्थाहरू हुन् जसले तपाईंलाई सास फेर्न मद्दत गर्ने प्रणालीलाई असर गर्छ। यसमा तपाईंको श्वासनली, फोक्सो र रक्तनलीहरू समावेश छन्।
विशेष जोखिममा पर्ने उद्योगहरू र कार्यस्थलहरूमा निम्न कुराहरु समावेश छन्:
- भवन तथा संरचना निर्माण
- खनन र उत्खनन।
निदान हुनु
यदि तपाईंलाई व्यावसायिक श्वासप्रश्वास सम्बन्धी रोग भएको शंका लाग्छ भने, कृपया स्वास्थ्य परीक्षणका लागि आफ्नो सामान्य चिकित्सकलाई भेट्नुहोस्। उनीहरूले तपाईंको कामको इतिहासको बारेमा सोध्नेछन् र तपाईंका लक्षणहरूको जाँच गर्नेछन्।
निदान प्राप्त गर्न, तपाईंको सामान्य चिकित्सकले तपाईंलाई निम्नमा विशेषज्ञता भएका चिकित्सककहाँ सिफारिस गर्न सक्छन्:
- श्वासप्रश्वास र निद्रा चिकित्सा
- व्यावसायिक र वातावरणीय चिकित्सा।
तपाईंको चिकित्सकले दर्ता प्रणालीमा कहिले रिपोर्ट गर्नेछन्
यदि तपाईंलाई २२ मे २०२४ मा वा त्यसपछि निर्धारित व्यावसायिक श्वासप्रश्वास सम्बन्धी रोगको निदान गरिन्छ भने, तपाईंले आफ्नो चिकित्सकलाई केही निश्चित जानकारी दिनुपर्छ। तपाईंको चिकित्सकले त्यसपछि यो जानकारी राष्ट्रिय व्यावसायिक श्वासप्रश्वास रोग दर्ता प्रणालीमा रिपोर्ट गर्नेछन्।
केवल व्यावसायिक तथा वातावरणीय चिकित्सा र श्वासप्रश्वास तथा निद्रा चिकित्सा विशेषज्ञहरूले मात्र तपाईंको जानकारी दर्ता प्रणालीमा दिन सक्दछन्।
तपाईंले के जानकारी प्रदान गर्नुपर्छ
यदि तपाईंलाई निर्धारित व्यावसायिक श्वासप्रश्वास रोग भएको निदान गरिएको छ भने, तपाईंले आफ्नो बारे निम्न जानकारी प्रदान गर्नुपर्छ:
- पहिचान
- सम्पर्क विवरण
- व्यावसायिक श्वासप्रश्वास रोग
- तपाईंलाई रोग निम्त्याउने वा झन् खराब बनाउने जोखिमको विवरण।
तपाईंको चिकित्सकले दर्ता प्रणालीलाई थप जानकारी दिनको लागि तपाईंको सहमति पनि माग्नेछन्। यसमा तपाईंको निम्न विवरणहरू समावेश हुनेछन्:
- जनसांख्यिकीय र जीवनशैली सम्बन्धी जानकारी
- सम्बन्धित स्वास्थ्य परीक्षणका नतिजाहरू
- व्यावसायिक जोखिमको इतिहास।
यो जानकारीले पहिलो चरणमा पत्ता लगाउने, हस्तक्षेप गर्ने र रोकथाम गर्ने क्रियाकलापहरूलाई समर्थन गरेर रोक्न सकिने व्यावसायिक श्वासप्रश्वास रोगहरूलाई घटाउन मद्दत गर्नेछ।
यदि तपाईंलाई यस्तो व्यावसायिक श्वासप्रश्वास सम्बन्धी रोग भएको निदान गरिन्छ जुन दर्ता प्रणालीमा अनिवार्य रूपमा रिपोर्ट गर्नुपर्ने छैन, भने तपाईंले स्वेच्छाले जानकारी प्रदान गर्न पनि सक्नुहुन्छ।
तपाईंको गोपनीयता
गोपनीयता ऐन १९८८(अन्तर्गत अष्ट्रेलियाली गोपनीयता सिद्धान्तहरू सहित) र राष्ट्रिय व्यावसायिक श्वासप्रश्वास रोग दर्ता प्रणाली ऐन २०२३को अधीनमा, हामीले तपाईंको व्यक्तिगत जानकारीको सुरक्षा गर्न उचित कदमहरू चाल्नुपर्छ। तपाईंले हामीलाई दिनुभएको सबै व्यक्तिगत जानकारी हामी सुरक्षित रूपमा भण्डारण गर्नेछौं।
थप जान्नको लागि, हाम्रो गोपनीयता नीति हेर्नुहोस्।
तपाईंको जानकारी कसरी व्यवस्थापन गरिन्छ भनेर थप जान्नका लागि कृपया रोगी गोपनीयता र सहमति घोषणा हेर्नुहोस्।
यदि तपाईं आफ्नो व्यक्तिगत जानकारीको व्यवस्थापनप्रति उजुरी गर्न चाहनुहुन्छ भने, तपाईं विभागसँग यसरी सम्पर्क गर्न सक्नुहुन्छ:
- फोन: ०२ ६२८९ १५५५
- इमेल: privacy@health.gov.au।
हामी तपाईंको जानकारी कसलाई साझा गर्नेछौं?
हामी आवश्यक जानकारी सम्बन्धित राज्य र क्षेत्रीय सरकारी निकायहरूसँग साझा गर्नेछौं। हामीले यस्तो गर्नुको उद्देश्य व्यावसायिक श्वासप्रश्वास रोगको जोखिम हुने उद्योग, पेशा, कामका कार्यहरू र कार्यस्थलहरू पत्ता लगाउन सहयोग गर्नु हो। यसले थप कामदारहरूको जोखिम कम गर्न आवश्यक कदम चाल्न अनुमति दिनेछ।
हामी व्यावसायिक श्वासप्रश्वास सम्बन्धी रोगहरूको अनुसन्धानलाई समर्थन गर्न तपाईंको जानकारी साझा गर्न सक्दछौं। हामी तपाईंको व्यक्तिगत जानकारीको संरक्षण गर्नेछौं, जसमा अनुसन्धानका लागि आवेदनहरूलाई व्यक्तिगत रूपमा मूल्यांकन गर्नु पनि समावेश छ। यद्यपि, अनुसन्धानकर्ताहरूलाई तपाईंको कार्यस्थल वा चिकित्सकको पहिचान खुल्ने जानकारीमा पहुँच हुनेछैन।
हामी तपाईंले उपलब्ध गराएको कुनै पनि अतिरिक्त जानकारी प्रदान गर्दैनौं, जसमा निम्न समावेश छन्:
- तपाईंका स्वास्थ्य परीक्षणका नतिजाहरू
- तपाईंको व्यावसायिक जोखिमको इतिहास
- तपाईंको थप जनसांख्यिकीय र जीवनशैली सम्बन्धी जानकारी।
हामी तपाईंको जानकारी तपाईंको रोजगारदातासँग साझा गर्दैनौं।
तपाईंको जानकारी कसरी साझा गरिन्छ भन्ने बारे थप जान्नको लागि बिरामीको गोपनीयता र सहमति विवरण (घोषणा) हेर्नुहोस्।
तपाईंको सहमति अद्यावधिक गर्ने प्रक्रिया
यदि तपाईंले दर्ता प्रणालीलाई थप जानकारी दिन सहमति प्रदान गर्नुभएको छ भने, तपाईंले पछि कुनै पनि समयमा आफ्नो सहमति फिर्ता लिन वा अद्यावधिक गर्न सक्नुहुन्छ। आफ्नो सहमति परिवर्तन गर्न, तपाईंले आफ्नो उपचार गरिरहेका चिकित्सकलाई दर्ता प्रणाली अद्यावधिक गर्न अनुरोध गर्न सक्नुहुन्छ, वा दर्ता प्रणालीलाई प्रत्यक्ष रूपमा सम्पर्क गर्न सक्नुहुन्छ।
थप जानकारी
यसबारे थप जान्नको लागि,लंग (Lung) फाउन्डेसनको वेबसाइट हेर्नुहोस्।