कोभिड -19 का खोपहरू

खोपहरूले हामीलाई COVID-19 निम्त्याउने भाइरसबाट बचाउँछन्। अष्ट्रेलियामा ५ वर्ष वा माथिका सबैले आफ्नो निःशुल्क COVID-19 खोप बुक गर्न सक्छन्।

COVID-19 खोपहरूका बारेमा

अस्ट्रेलियामा 5 वर्ष वा सोभन्दा माथिका सबैजना र 6 महिनादेखि 4 वर्षसम्मका केही बालबालिकाहरू COVID-19 खोपका लागि योग्य छन्।

एउटा क्लिनिक फेला पार्नुहोस्र र बुक गर्नुहोस

अष्ट्रेलियामा COVID-19 खोपहरू सबैका लागि निःशुल्क छन्। यसमा Medicare कार्ड नभएका व्यक्तिहरू, विदेशी आगन्तुकहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू, आप्रवासी कामदारहरू र शरणार्थीहरू समावेश छन्।

खोप लगाउनाले तपाई, तपाईको परिवार र तपाईको समुदायलाई COVID-19 बाट बचाउन मद्धत गर्दछ।

अष्ट्रेलियाली सरकारले खोप अनिवार्य बनाएको छैन र तपाईंले COVID-19 विरुद्ध खोप नलगाउन छनौट गर्न सक्नुहुन्छ। 

केही राज्य र क्षेत्रका सार्वजनिक स्वास्थ्य आदेशहरूले निश्चित परिस्थितिहरूमा खोप अनिवार्य गर्न सक्छन्। उदाहरणका लागि, कुनै प्रकारका जागिर र सामुदायिक क्रियाकलापका लागि।

खोपहरू सुरक्षित छन्

COVID-19 खोपहरू सुरक्षित छन् र जीवन बचाउँछन्। अष्ट्रेलियामा, Therapeutic Goods Administration (TGA) ले COVID-19 बिरुद्धका खोपले दिने सुरक्षा र यसका साइड इफेक्टहरू (नकारात्मक असरहरु)को नजिकबाट निगरानी जारी राखेको छ।

अष्ट्रेलियामा उपलब्ध प्रत्येक खोपका बारेमा थप जानकारी लिनुहोस्:

यदि तपाईंलाई खोप लगाएपछी कुनै पनि प्रश्न वा चिन्ता भएमा तपाईको आफ्नो खोप लगाएको क्लिनिक वा डाक्टर लाई सम्पर्क गर्नुहोला।

कसले खोप लगाउनु पर्छ

5 वर्ष वा सोभन्दा माथिका सबैले COVID-19 विरुद्धको खोप लगाउनुपर्छ।

 COVID-19 बाट धेरै बिरामी वा मृत्यु हुनबाट उत्तम सुरक्षा प्राप्त गर्न, तपाइँले तपाइँको उमेर र स्वास्थ्य आवश्यकताहरूको लागि सिफारिस गरिएका सबै डोजहरु लगाउनुपर्छ। 

 6 महिनादेखि 4 वर्ष उमेरका निम्न अवस्था भएका केही बालबालिकाहरू COVID-19 खोपका लागि योग्य छन्: 

  • गम्भीर रूपमा इम्युनोकम्प्रोमाइज् भएका
  • अशक्तता भएका, वा
  • COVID-19 को गम्भीर जोखिम बढाउने जटिल र/वा धेरै स्वास्थ्य अवस्थाहरू भएका

6 महिना देखि 4 वर्ष उमेरका बालबालिकाले निम्न खोपहरू प्राप्त गर्नुपर्छ:

  • COVID-19 खोपको दुई प्राथमिक डोज 
  • यदि उनीहरू गम्भीर रूपमा इम्युनोकम्प्रोमाइज्ड भएमा तेस्रो प्राथमिक डोज। 

5 देखि 17 वर्षसम्मका बालबालिकाले निम्न खोपहरु प्राप्त गर्नुपर्ने हुन्छ:

  • यदि निम्न अवस्था भएमा बूस्टर डोज :
    • गम्भीर रूपमा इम्युनोकम्प्रोमाइज् भएमा
    • अशक्तता भएमा
    • COVID-19 को गम्भीर जोखिम बढाउने जटिल र/वा धेरै स्वास्थ्य अवस्थाहरू भएमा
    • उनीहरूले अन्तिम डोज लगाएको वा COVID-19 संक्रमण पुष्टि भएको 6 महिना भइसकेमा। 

तपाईंको बच्चाले बुस्टर प्राप्त गर्नुपर्छ कि पर्दैन भनेर निर्णय गर्न तपाईंको डाक्टरले तपाईंलाई मद्दत गर्न सक्छन्। 

18 वर्ष वा माथि उमेरका मानिसले निम्न खोपहरू प्राप्त गर्नुपर्छ:

18 वर्ष वा माथिका सबैजनाले बूस्टर लगाउने विचार गर्न सक्छन् यदि उनीहरूले अन्तिम डोज लगाएको वा COVID-19 संक्रमण पुष्टि भएको 6 महिना भइसकेमा। 

COVID-19 बूस्टर खोप सल्लाह बारे थप जान्नुहोस्।

बालबालिकाहरु

AusVaxSafety को COVID-19 vaccine safety data (भ्याक्सिन सेफ्टी डाटा) ले 5 देखि 15 वर्ष उमेर समूहका बालबालिकामा क्लिनिकल ट्रायलको तुलनामा COVID-19 खोप लगाएपछिका दिनमा कम साइड इफेक्ट देखिएको देखाएको छ। 

COVID-19 खोपहरूले भविष्यमा बालबालिकामा बाँझोपन निम्त्याउने कुनै प्रमाण छैन।

बालबालिका र किशोरकिशोरीहरूका लागि COVID-19 खोपहरू बारे थप जान्नुहोस्।

गर्भवती वा स्तनपान गराउने महिलाहरु

यदि तपाईं गर्भवती हुनुहुन्छ, स्तनपान गराइरहनुभएको छ वा गर्भावस्थाको योजना बनाउनुभएको छ भने COVID-19 खोप सुरक्षित छ। तपाईं गर्भवती भएको कुनै पनि चरणमा खोप प्राप्त गर्न सक्नुहुन्छ।

गर्भावस्था, स्तनपान र COVID-19 खोपहरू बारे थप जान्नुहोस्।

अपाङ्गता भएका मानिसहरू

अपाङ्गता भएका व्यक्तिहरूले COVID-19 बाट गम्भीर रोगको ठूलो जोखिम सामना गर्छन् र उनीहरूले खोप लगाउनुपर्छ।

यदि तपाइँ थप मद्दत वा सहयोग चाहनुहुन्छ भने, तपाइँले 1800 643 787 मा Disability Gateway Helpline मा सम्पर्क गर्न सक्नुहुन्छ। उनीहरूले तपाईंको लागि बुकिङ गरिदिन सक्छन्।

यदि तपाईंलाई दोभाषे चाहिन्छ भने,Translating and Interpreting Service 131 450 मा फोन गर्नुहोस् र Disability Gateway मा फोन गर्न लगाउनुहोस्।

विद्यमान स्वास्थ्य समस्या भएका मानिसहरू

विद्यमान स्वास्थ्य समस्या भएका व्यक्तिहरू COVID-19 बाट गम्भीर रोगको बढी जोखिममा छन् र उनीहरूले खोप लगाउनुपर्छ।

आफ्नो अवस्था अनुकूल उत्तम खोपको बारेमा आफ्नो नियमित स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नुहोस्।

कहाँ खोप लगाउने

तपाईले निम्न स्थानहरुमा COVID-19 खोप लगाउन सक्नुहुन्छ:

  • कमन वोल्थका खोप क्लिनिकहरु
  • सहभागी चिकित्सकहरु
  • Aboriginal Controlled Community Health Services
  • राज्य वा क्षेत्रका खोप क्लिनिकहरु तथा
  • सहभागी फार्मेसीहरु।

चिकित्सकहरुले खोपको लागि तपाईलाई शुल्क लगाउन सक्दैनन्।

तपाईको नजिकको खोप क्लिनिक पत्तालगाउन र खोप लगाउन बुक गर्नको लागि Vaccine Clinic Finder मा हेर्नुहोला।

आफ्नो खोपको समयमा यदि तपाईलाई फोनको माध्यमबाट वा सोहि स्थानमा अनुबादकको आवश्यक्ता भए Translating and Interpreting Service (अनुबाद तथा दोभासे सेवा) लाई 131 450. मा सम्पर्क गर्नुहोस्।

EVA, जसलाई Easy Vaccine Access (इजी भ्याक्सिन एक्सेस) पनि भनिन्छ, तपाईंको भाषामा फोन मार्फत COVID-19 खोप बुकिङ गर्न मद्दत गर्ने सेवा हो। EVA हप्ताको 7 दिन बिहान 7 बजे देखि 10 बजे (AEST) सम्म सञ्चालन हुन्छ। EVA बारे थप जान्नुहोस्।

तपाईको Medicare (मेडिकेयर) कार्ड नभएमा

यदि तपाईंसँग Medicare कार्ड छैन भने, तपाईंले सामुदायिक फार्मेसीहरू र राज्य वा क्षेत्रीय खोप क्लिनिकहरू (जहाँ तिनीहरू अझै पनि सञ्चालनमा छन्) बाट आफ्नो निःशुल्क खोप प्राप्त गर्न सक्नुहुन्छ।

Last updated:

Help us improve health.gov.au

If you would like a response please use the enquiries form instead.