COVID-19 बिरुद्धका खोपहरू बारे

अष्ट्रेलियामा 5 वर्ष वा सो भन्दा माथिका सबैले अब खोप लगाउन वुक गर्न सक्छन्।

एउटा क्लिनिक फेला पार्नुहोस्र र बुक गर्नुहोस

अस्ट्रेलियामा COVID-19 बिरुद्धका खोपहरू सबैका लागि निःशुल्क छन्। यसमा Medicare कार्ड नभएका व्यक्तिहरू, विदेशी आगन्तुकहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू, आप्रवासी कामदारहरू र शरणार्थीहरू समावेश छन्। खोप लगाउनाले तपाई, तपाईको परिवार र तपाईको समुदायलाई COVID-19 बाट बचाउन मद्धत गर्दछ।

अष्ट्रेलियाली सरकारले COVID-19 बिरुद्धका खोपहरू अनिवार्य बनाएको छैन र तपाईंले COVID-19 बिरुद्धका खोपहरू नलगाउने निधो गर्न पनि सक्नुहुन्छ

केही राज्य र क्षेत्रका सार्वजनिक स्वास्थ्य आदेशहरूले निश्चित परिस्थितिहरूमा खोप अनिवार्य गर्न सक्छन्। उदाहरणका लागि, कुनै प्रकारका जागिर र सामुदायिक क्रियाकलापका लागि।

खोपहरू सुरक्षित छन्

COVID-19 बिरुद्धका खोपहरू सुरक्षित छन् र जीवन बचाउँछन्। अष्ट्रेलियामा, Therapeutic Goods Administration (TGA) ले COVID-19 बिरुद्धका खोपले दिने सुरक्षा र यसका साइड इफेक्टहरू (नकारात्मक असरहरु)को नजिकबाट निगरानी जारी राखेको छ।

अष्ट्रेलियामा उपलब्ध प्रत्येक खोपका बारेमा थप जानकारी लिनुहोस्:

यदि तपाईं COVID-19 भाइरसको सम्पर्कमा आउनुभयो भने COVID-19 बिरुद्धका खोपहरूले तपाईंको शरीरलाई भाइरसबाट छुटकारा पाउन सिकाउँछ।

यदि तपाईंलाई खोप लगाएपछी कुनै पनि प्रश्न वा चिन्ता भएमा तपाईको आफ्नो खोप लगाएको क्लिनिक वा डाक्टर लाई सम्पर्क गर्नुहोला।

तपाईंको खोप पछि के अपेक्षा गर्ने बारे थप जान्नुहोस्।

कसले खोप लगाउनु पर्छ

5 वर्ष वा सोभन्दा माथिका सबैले COVID-19 विरुद्धको खोप लगाउनुपर्छ।

COVID-19 विरुद्धको खोप लगाउनाले तपाईंलाई COVID-19 बाट धेरै बिरामी हुन वा मृत्यु हुनबाट जोगाउँछ।

खोप लगाउनाले भाइरसको फैलावटलाई कम गरेर आफ्नो वरपरका मानिसहरूलाई बचाउन पनि मद्दत गर्छ।

तपाइँको COVID-19 खोप अद्यावधिक मान्नको लागि,तपाइँको उमेर र स्वास्थ्य आवश्यकताहरु अनुसार तपाईंलाई सिफारिश गरिएका सबै खोपहरु तपाईंले लगाएको हुनुपर्छ।

5 देखि 11 वर्षसम्मका बालबालिकाले निम्न खोपहरु प्राप्त गर्नुपर्ने हुन्छ:

  • COVID-19 विरुद्धको खोपको प्राथमिक डोज 1 र 2
  • प्राथमिक डोज 3 यदि उनीहरू गम्भिर रूपमा immunocompromised (प्रतिरक्षा कम भएका) भएमा।

12 देखि 15 वर्ष उमेरका बालबालिकाले लगाउनुपर्छ:

  • COVID-19 बिरुद्धको खोपको 1 र 2 प्राथमिक डोज
  • प्राथमिक डोज 3 यदि उनीहरू गम्भीर रूपमा इम्युनोकम्प्रोमाइज्ड (कमजोर प्रतिरक्षा) भएमा।
  • COVID-19 बिरुद्धको खोपको बूस्टर डोज यदि उनीहरू:
    • गम्भीर रूपमा इम्युनोकम्प्रोमाइज्ड (कमजोर प्रतिरक्षा) भएमा
    • सामान्य वा जटिल स्वास्थ्य आवश्यकता भएको अपाङ्गता भएमा
    • COVID-19 को गम्भीर जोखिम बढाउँने जटिल र|वा धेरै स्वास्थ्य अवस्थाहरू भएमा

यदि तपाइँ तपाइँको बच्चाले बूस्टर लगाउन पर्छ कि पर्दैन भन्ने अनिश्चितमा हुनुहुन्छ भने तपाइँको डाक्टरसँग कुरा गर्नुहोस्।

16 वर्ष वा सोभन्दा माथि उमेरका सबैले लगाउनुपर्छ:

  • COVID-19 विरुद्धको खोपको प्राथमिक डोज 1 र 2
  • प्राथमिक डोज 3 यदि उनीहरू गम्भिर रूपमा immunocompromised (प्रतिरक्षा कम भएका) भएमा
  • COVID-19 विरुद्धको खोपको बूस्टर डोज।

चौथो डोज

गम्भीर रोगको बढ्दो जोखिम भएका मानिसहरूलाई COVID-19 बिरुद्धको खोपको थप बूस्टर, वा चौथो डोज उनीहरूको पहिलो बूस्टर डोजको 3 महिनापछि दिन सिफारिस गरिन्छ।

गम्भीर रूपमा इम्युनोकम्प्रोमाइज्ड (प्रतिरक्षा कमजोर) भएका, अन्तर्निहित चिकित्सा अवस्था वा असक्षमता भएका मानिसहरूका लागि यो पाँचौं डोज हुनेछ।

तपाइँ निम्न अवस्थाको हुनुहुन्छ भने तपाईंले चौथो डोज लगाउनु पर्छ:

  • 50 वर्ष वा सो भन्दा बढी उमेर समुहका व्यक्ति
  • वृद्धस्याहार वा अपाङ्गता स्याहार केन्द्रका बासिन्दा
  • गम्भीर रूपमा इम्युनोकम्प्रोमाइज्ड (प्रतिरक्षा कमजोर) भएका (यो पाँचौं डोज हुनेछ)
  • 50 वर्ष र सो भन्दा वढी उमेर समुहका Aboriginal वा Torres Strait Islander व्यक्ति
  • गम्भीर COVID-19 रोगको जोखिम बढाउने चिकित्सा अवस्था भएका 16 वर्ष वा माथिका व्यक्तिहरु
  • अशक्तता वा धेरै जटिल स्वास्थ्य आवश्यकताहरु भएका 16 वर्ष वा माथिका व्यक्तिहरु।

30 देखि 49 वर्ष उमेरका मानिसहरूले चाहेमा चौथो डोज लगाउन सक्छन्।

यदि तपाईंलाई चौथो बूस्टर डोज लगाउनुपर्छ कि पर्दैन भन्ने निस्चित छैन भने डाक्टरसँग सल्लाह गर्नुहोस्।

यदि तपाईं हालसालै COVID-19 बाट संक्रमित हुनुभएको छ भने तपाईंले आफ्नो अर्को COVID-19 बिरुद्धको खोपको डोज लगाउनु अघि 3 महिना पर्खन सिफारिस गरिन्छ।

बूस्टर डोज पछि COVID-19 भएका मानिसहरूले पनि चौथो डोज लगाउनु अघि कम्तिमा 3 महिना पर्खनुपर्छ।

तपाईंको COVID-19 विरुद्धको खोप सँग अद्यावधिक रहनु महत्त्वपूर्ण छ। विभिन्न समयमा विभिन्न व्यक्तिहरूलाई विभिन्न COVID-19 विरुद्धको खोपको आवश्यकता पर्न सक्छ। तपाइँ र तपाइँको परिवारले COVID-19 खोपहरूसँग अद्यावधिक रहन के गर्न आवश्यक छ भनेर पत्ता लगाउन तपाइँको स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नुहोस्।

बालबालिकाहरु

बालबालिकाका लागि COVID-19 विरुद्धका खोपहरू सुरक्षित छन्।

खोपले बालबालिकालाई साना भाइबहिनी,हजुरबुबा, हजुरआमा र बृहत् समुदायमा भाइरस फैलन बाट रोक्न मद्दत गर्न सक्छ।

बालबालिका र किशोरकिशोरीहरूका लागि COVID-19 विरुद्धका खोपहरू बारे थप जान्नुहोस्।

गर्भवती वा स्तनपान गराउने महिलाहरु

यदि तपाईं गर्भवती हुनुहुन्छ, स्तनपान गराइ रहनुभएको छ वा गर्भधारण गर्ने योजना बनाइ रहनुभएको छ भने COVID-19 विरुद्धका खोपहरू सुरक्षित छन्। तपाईं गर्भवती भएको कुनै पनि चरणमा खोप प्राप्त गर्न सक्नुहुन्छ।

गर्भावस्था, स्तनपान र COVID-19 विरुद्धका खोपहरू बारे थप जान्नुहोस्।

अपाङ्गता भएका मानिसहरू

अपाङ्गता भएका मानिसहरूले COVID-19 बाट गम्भीर रोगको ठूलो जोखिम सामना गर्छन् त्यसैले खोप लगाउनुपर्छ।

यदि तपाइँ थप मद्दत वा सहयोग चाहनुहुन्छ भने, तपाइँले 1800 643 787 मा Disability Gateway Helpline मा सम्पर्क गर्न सक्नुहुन्छ। उनीहरूले तपाईंको लागि बुकिङ गरिदिन सक्छन्।

यदि तपाईंलाई दोभाषे चाहिन्छ भने,Translating and Interpreting Service 131 450 मा फोन गर्नुहोस् र Disability Gateway मा फोन गर्न लगाउनुहोस्।

विद्यमान स्वास्थ्य समस्या भएका मानिसहरू

विद्यमान स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई COVID-19 बाट गम्भीर रोग लाग्ने जोखिम बढी हुन्छ त्यसैले खोप लगाउनुपर्छ।

आफ्नो अवस्था अनुकूल उत्तम खोपको बारेमा आफ्नो नियमित स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नुहोस्।

कहाँ खोप लगाउने

तपाईले निम्न स्थानहरुमा खोप लगाउन सक्नुहुन्छ:

  • कमन वोल्थका खोप क्लिनिकहरु
  • सहभागी चिकित्सकहरु
  • Aboriginal Controlled Community Health Services
  • राज्य वा क्षेत्रका खोप क्लिनिकहरु तथा
  • सहभागी फार्मेसीहरु।

चिकित्सकहरुले खोपको लागि तपाईलाई शुल्क लगाउन सक्दैनन्।

तपाईको नजिकको खोप क्लिनिक पत्तालगाउन र खोप लगाउन बुक गर्नकोलागि Vaccine Clinic Finder मा हेर्नुहोला। गर्नुहोस्। आफ्नो खोपको समयमा यदि तपाईलाई फोनको माध्यमबाट वा सोहि स्थानमा अनुबादकको आवश्यक्ता भए अनुबाद तथा दोभासे सेवालाई 131 450 मा सम्पर्क गर्नुहोस्।

तपाईको Medicare कार्ड नभएमा

यदि तपाईको Medicare कार्ड छैन भने, तपाईले निम्न स्थानहरुमा नि: शुल्क खोप लगाउन सक्नुहुन्छ:

  • कमन वोल्थका खोप क्लिनिकहरु
  • राज्य वा क्षेत्रका खोप क्लिनिकहरु
  • सहभागी फार्मेसीहरु।

'हे इभा' – खोपको सजिलो पहुँचको लागि

EVA, मानिसहरूलाई COVID-19 बिरुद्धको खोप बुक गर्न मद्दत गर्ने एक साधारण कलफिर्ता सेवा हो। EVA हप्ताको 7 दिन बिहान ७ बजे देखि राती १० बजे (ए इ एस टी) सम्म सञ्चालन हुन्छ।

जब तपाइँ EVA मा सन्देश पठाउनुहुन्छ, तपाईले जवाफ प्राप्त गर्नुहुनेछ जस्मा तपाइँको लागि तपाईंको बारेमा निम्न प्रश्नहरु सोधिएको छ:

  • नाम
  • सम्पर्क गर्न चाहेको भाषा
  • सम्पर्क गर्न चाहेको मिति र समय
  • कल फिर्ताको लागि उपयुक्त नम्बर।

National Coronavirus Helpline बाट एक प्रशिक्षित अपरेटरले तपाइँलाई तपाइँको COVID-19 खोप बुक गर्न मद्दत गर्न निर्धारित समयमा कल गर्नेछन्।

EVA ले COVID-19 बिरुद्धको खोप बारे निम्न जानकारी र सल्लाह र मद्दत गर्दछ:

  • COVID-19 बिरुद्धको खोप बारे जानकारी र सल्लाह प्रदान
  • तपाईंलाई वाक-इन क्लिनिक फेला पार्न मद्दत
  • तपाईंलाई उपयुक्त खोपको अप्पोइन्टमेन्ट पत्ता लगाउन मद्दत
  • नि: शुल्क दोभासे सेवा संग तपाईंलाई सम्पर्क गराउन।

COVID-19 बिरुद्धको खोपको बुकिङ गर्न मद्दत को लागि 'हे इभा'लेखी EVA कलफिर्ता सेवाको ०४८१ ६११ ३८२ नम्बरमा सन्देश पठाउनुहोस्। EVA हप्ताको 7 दिन बिहान ७ बजे देखि राती १० बजे (ए इ एस टी) सम्म सञ्चालन हुन्छ।

तपाईंले COVID-19 खोप लगाउनु अघि

यदि तपाईंले पहिले नै अपोइन्टमेन्ट बुक गर्नुभएको छैन भने,अपोइन्टमेन्ट बुक गर्नुहोस्।

एउटा क्लिनिक फेला पार्नुहोस्र र बुक गर्नुहोस

यदि तपाईंसँग Medicare कार्ड छ भने, आफ्नो विवरण अद्यावधिक छ कि छैन जाँच गर्नुहोस्:

तपाइँको अपोइन्टमेन्ट भन्दा पहिले वा यदि तपाइँ अरुकसैको लागि खोप निर्णय गर्दै हुनुहुन्छ भने तपाइँलाई सहमति फारम भर्न आग्रह गर्न सकिन्छ।

सहमति फारम पढ्नुहोस्।

5 बर्ष देखि 11 बर्ष सम्मका बालबालिकाहरुको लागि सुचना तथा सहमति फारम पढ्नुहोस् ।

तपाईंले COVID-19 खोप लगाए पछि

तपाइँको खोप पछि दुर्लभ एलर्जी प्रतिक्रियाको मामला मा तपाईंलाई कम्तिमा 15 मिनेट को लागी निगरानी गरिनेछ। तपाईंलाई खोप लगाइदिने व्यक्तिलाई तपाईंलाई केहि भएमा तुरुन्तै प्रतिक्रिया देखाउन प्रशिक्षण दिइएको छ।

सामान्यतया COVID-19 खोपहरूका साइड इफेक्टहरू हल्का हुन्छन् र 1 देखि 2 दिनभित्रै हट्छन्। सामान्य असरहरु यसप्रकारका छन्:

  • सुई लगाएको पाखुरा सुन्निने
  • थकित हुने
  • टाउको दुख्ने
  • मांशपेसी दुख्ने
  • ज्वरो आउने र चिसो हुने।

कुनै पनि औषधी वा खोपमा जस्तै दुर्लभ वा अज्ञात साइड इफेक्टहरू (असरहरु) हुन सक्छन्। यदि तपाईंलाई गम्भीर साइड इफेक्टहरू (असरहरु) भइरहेको छ भन्ने लाग्छ भने आफ्नो स्वास्थ्य सेवा पेशेवर, वा National Coronavirus Helpline लाई सम्पर्क गर्नुहोस्।

1800 020 080

यदि तपाईंलाई दोभाषे चाहिन्छ भने, National Coronavirus Helpline मा फोन गर्नुहोस् र विकल्प 8 चयन गर्नुहोस्।

खोपको प्रमाण

तपाईंले आफ्नो Immunisation History Statement (खोप इतिहास विवरण) मा गएर आफ्नो COVID-19 खोपको प्रमाण प्राप्त गर्न सक्नुहुन्छ।

तपाईले निम्न तरिकाले आफ्नो खोप ईतिहासको विवरण प्राप्त गर्न सक्नुहुन्छ:

यदि तपाईको Medicare कार्ड छैन वा myGov खातामा पहुँच छैन भने, तपाईले आफ्नो खोप ईतिहासको विवरण निम्न तरिकाबाट प्राप्त गर्न सक्नुहुन्छ:

  • खोप प्रदायकलाई आफ्नो एक प्रति प्रिन्ट गर्न अनुरोध गर्नुहोस्
  • Australian Immunisation Register enquiries लाइ सोमबार देखि शुक्रबार (बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म AEST ) 1800 653 809 मा फोन गर्नुहोस र तपाईको विवरणहरु तपाईलाई हुलाकमा मा पठाउन आग्रह गर्नुहोस । मेलमा आईपुग्न १४ दिन सम्म लाग्न सक्छ।

आफ्नो COVID-19 खोपको प्रमाण कसरी प्राप्त गर्न सकिन्छ भन्ने थप जानकारीका निम्ति Services Australia को वेभसाईट मा जानुहोस्।

विश्वसनीय जानकारीका लागि कहाँ जाने

विश्वसनीय र आधिकारिक स्रोतहरू मार्फत COVID-19 र COVID-19 खोप कार्यक्रमको बारेमा सूचित रहन महत्त्वपूर्ण छ।

COVID-19 खोपहरूमा सामान्य प्रश्नहरूको जवाफ 63 भाषाहरूमा उपलब्ध छ।

आफ्नो भाषामा COVID-19 बारे जानकारी पढ्नुहोस्।

संसाधनहरू

Language: 
Nepali - नेपाली
Last updated: 
10 August 2022