दीर्घकालीन (long) COVID

COVID-19 भएका अधिकांश व्यक्तिहरू आफ्नो पहिलो लक्षण भएको केही हप्ताभित्रै पूर्ण रूपमा निको हुन्छन्। यद्यपि, केही व्यक्तिहरूले उनीहरूको संक्रमणबाट दीर्घकालीन प्रभावहरू अनुभव गर्न सक्छन्। दीर्घकालीन (long) COVID र तपाईंले भोगिरहेको आफ्नो लक्षणहरूको लागि कहाँ मद्दत प्राप्त गर्न सक्नुहुन्छ भन्ने बारे जान

दीर्घकालीन (long) COVID को बारेमा

'दीर्घकालीन (long) COVID' शब्द सामान्यतया दुबैलाई वर्णन गर्न प्रयोग गरिन्छ:

  • चलिरहेको लक्षणात्मक COVID-19 - COVID-19 लक्षणहरू 4 हप्ता भन्दा बढी समयसम्म रहेमा 
  •  COVID-19 पछिको अवस्था/सिन्ड्रोम – 12 हप्तापछिका COVID-19 का लक्षणहरू जुन वैकल्पिक निदानद्वारा व्याख्या गरिएको छैन।

दीर्घकालीन (long) COVID विभिन्न व्यक्तिहरूमा फरक फरक रूपमा देखा पर्न सक्छ र लक्षणहरू हल्कादेखि गम्भीरसम्म हुन सक्छन्।

दीर्घकालीन (long) COVID का लक्षणहरू

दीर्घकालीन (long) COVID मा देखिएका सबैभन्दा सामान्य लक्षणहरू यस प्रकारका छन्:

  • थकित (थकान) 
  • सास फेर्न गाह्रो हुने
  • तपाईंको स्मृति र एकाग्रता ('मस्तिष्क कुहिरो') मा समस्याहरू।

अन्य लक्षणहरूमा निम्न समावेश छन्:

  • मुटुको धड्कन बढ्ने, छाती दुख्ने वा कसिलो हुने 
  • खोकी
  • स्वाद वा गन्धमा परिवर्तन
  • जोर्नी र मांसपेशी दुख्ने
  • पिन र सुईले घोचे जस्तै हुने 
  • निद्रामा समस्या (अनिद्रा)
  • मुडमा परिवर्तन (बढ्दो पिर ,चिन्ता वा डिप्रेसन)
  • रिंङ्गटा लाग्ने
  • टाउको दुख्ने
  • निम्न तापक्रम को ज्वरो 
  • छालामा दाग, कपाल झर्ने 
  • वाकवाकी लाग्ने, पखाला लाग्ने, पेट दुख्ने, भोक नलाग्ने।

बालबालिकाहरूमा, निम्न लक्षणहरू समावेश छन्:

  • मूड परिवर्तन
  • थकान
  • निदाउन समस्या।

दीर्घकालीन (long) COVID को लागि जोखिम कारक

निम्न व्यक्तिहरूमा दीर्घकालीन (long) COVID हुने सम्भावना बढी हुन्छ;

  • खोप नलगाएका 
  • COVID-19 बाट गम्भीर बिरामी भएकाहरू,जो अस्पताल भर्ना भएका थिए वा जसलाई सघन उपचारको आवश्यकता परेको थियो
  • COVID-19 भन्दा पहिले अन्तर्निहित अवस्था वा रोगहरू थिए, जस्तै उच्च रक्तचाप, दीर्घकालीन फोक्सोको रोग, मधुमेह, र मोटोपना।

दीर्घकालीन (long) COVID को उपचार गराउन 

यदि तपाईं COVID-19 को सङ्क्रमण पछि देखा परिरहेका लक्षणहरूको बारेमा चिन्तित हुनुहुन्छ भने, तपाईंले चिकित्सकीय समीक्षाको लागि आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुपर्छ।

दीर्घकालीन (long) COVID को परीक्षण छैन। तपाईंको चिकित्सकले तपाईंको लक्षणहरू र तिनीहरूले तपाईंको जीवनमा पार्ने प्रभावको बारेमा सोध्नेछन्। उनीहरूले तपाईंको लक्षणहरूको सम्भावित कारणहरूको पहिचान गर्न र अन्य अवस्थाहरू आउन नदिन केही परीक्षणहरू गर्न सुझाव दिन सक्छन्। 

दीर्घकालीन (long) COVID को उपचारका लागि एउटा पनि उपचार वा औषधि छैन। तपाईंको डाक्टरले तपाईंलाई आवश्यक पर्ने हेरचाह र सहयोग को बारेमा तपाईंसँग कुरा गर्नेछन। उनीहरूले तपाईंलाई निम्न विषयमा सल्लाह दिन सक्छन्: 

  • लक्षण डायरी को प्रयोग मार्फत घरमै आफ्ना लक्षणहरूको निगरानी र व्यवस्थापन गर्ने
  • लक्षणहरू जुन चिकित्सा हेरचाहको आवश्यकता हुन सक्छ (जस्तै नयाँ वा खराब लक्षणहरू) र यदि तपाईं यी लक्षणहरू अनुभव गर्नुहुन्छ भने कहाँ हेरचाह खोज्ने
  • COVID-19 पछिका हप्ता र महिनाहरूमा के आशा गर्ने
  • पोषण, शारीरिक गतिविधि र परामर्श जस्ता जीवनशैली हस्तक्षेपहरूको लागि समर्थन गर्नेछन।

यदि लक्षणहरूले तपाईंको जीवनमा ठूलो प्रभाव पारिरहेको छ भने, तपाईंलाई एक विशेषज्ञ वा पुनर्वास सेवामा पठाउन सकिन्छ जसले तपाईंको लक्षणहरू व्यवस्थापन गर्न र तपाईंलाई निको हुन मद्दत गर्न सक्छ।

दीर्घकालीन (long) COVID बाट निको हुँदै

निको हुने समय प्रत्येक व्यक्तिको लागि फरक हुनेछ र तपाइँका लक्षणहरू समय अनुसार फरक हुन सक्छन्। अधिकांश मानिसहरू 3 देखि 4 महिना भित्र निको हुनेछन्। यद्यपि, केही व्यक्तिहरूको लागि, लक्षणहरू लामो समयसम्म रहन सक्छन्।

दीर्घकालीन (long) COVID बाट आफूलाई जोगाउनुहोस्

दीर्घकालीन (long) COVID बाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको आफूलाई संक्रमित हुनबाट जोगाउनु हो। 

तपाइँको COVID-19 खोपहरू सँग अद्यावधिक रहनुले COVID-19 संक्रमण रोक्न र गम्भीर रोगहरूबाट जोगाउन मद्दत गर्न सक्छ। खोप नलगाएका व्यक्तिहरूको तुलनामा खोप लगाएका व्यक्तिहरूमा दीर्घकालीन (long) COVID हुने सम्भावना कम हुन्छ। 

सरकारको प्रतिक्रिया

१ सेप्टेम्बर २०२२ मा स्वास्थ्य तथा वृद्ध हेरचाह मन्त्री, माननीय सांसद मार्क बटलरको सिफारिस पछ्याउँदै, स्वास्थ्य, वृद्ध हेरचाह र खेलकुद सम्बन्धी सदन स्थायी समितिले दीर्घकालीन (long) COVID र बारम्बार हुने COVID-19 संक्रमणहरूको बारेमा सोधपुछ र रिपोर्ट गर्नेछन।

अन्तरिम रिपोर्ट पढ्नुहोस।

थप जानकारी

Date last updated:

Help us improve health.gov.au

If you would like a response please use the enquiries form instead.