कहिले परीक्षण गर्ने
तपाईंले COVID-19 को कुनै पनि लक्षण छ भने परीक्षण गर्नुपर्छ।
COVID-19 परीक्षणका प्रकारहरू
तपाईंमा COVID-19 भाइरस छ कि छैन भनेर पत्ता लगाउन सक्ने २ प्रकारका परीक्षणहरू छन्:
- र्यापिड एन्टिजेन सेल्फ टेष्ट (rapid antigen self-tests (RATs))
- पोलिमरेज चेन रीयाक्सन (PCR, वा RT-PCR)
COVID-19 परीक्षणले काम गर्ने तरिका बारे थप जान्नुहोस्।
परीक्षण सामाग्री कहाँ लिने
तपाईंले घरमा RAT परीक्षण गर्न सक्नुहुन्छ। औषधि पसलहरु , वा प्रमुख सुपरमार्केटहरू र केही पेट्रोल स्टेशनहरू सहित खुद्रा विक्रेताहरूले यी परीक्षण सामाग्रीहरू बेच्छन्।
निर्देशनहरू पढ्नुहोस:
PCR परीक्षण प्राप्त गर्न, तपाईंले सिफारिसको लागि आफ्नो जीपी लाई सम्पर्क गर्नुपर्नेछ वा यदि तपाईंको राज्य वा क्षेत्रमा COVID-19 परीक्षण क्लिनिकहरु उपलब्ध छन् भने त्यहाँ जानुपर्छ।
तपाईंको नजिकैको परीक्षण क्लिनिकहरूको सूचीको लागि आफ्नो स्थानीय स्वास्थ्य विभाग मा जानुहोस्।