COVID-19 बूस्टर खोप सल्लाह

COVID-19 विरुद्धको खोपका लागि बूस्टर डोज, कसका लागि सिफारिस गरिएको छ, कहिले आवश्यक पर्छ र कसरी प्राप्त गर्ने भन्ने बारे जान्नुहोस्।

COVID-19 बाट गम्भीर रोग वा मृत्यु विरुद्ध उत्तम सुरक्षा प्राप्त गर्न, तपाईंले आफ्नो उमेर वा व्यक्तिगत स्वास्थ्य आवश्यकताहरू अनुसार सिफारिस गरिएका सबै डोजहरू प्राप्त गर्नुपर्छ। यो सुरक्षा कायम राख्न बूस्टरहरू महत्त्वपूर्ण छन्।

बूस्टर डोजहरू सबैका लागि निःशुल्क छन्।

बूस्टर डोजको बारेमा जानकारी तपाईंको भाषामा पनि उपलब्ध छ।

बूष्टर डोजहरु

सबै वयस्कहरूले COVID-19 बूस्टर डोज लगाएको वा संक्रमण पुष्टि भएको (जुन सबैभन्दा पहिलो हो) 6 महिना वा सो भन्दा बढी समय भइसकेको छ भने उनीहरुले COVID को गम्भीर रोगहरू विरुद्ध थप सुरक्षाको लागि बूस्टर प्राप्त गर्न सक्छन्।

यो विशेष गरी गम्भीर रोगको उच्च जोखिममा रहेका व्यक्तिहरूको लागि सिफारिस गरिएको छ, जसमा निम्न व्यक्तिहरू समावेश छन्: 

  • 65 वर्ष वा सो भन्दा बढी उमेर समुहका सबैजना
  • चिकित्सा कोमोरबिडिटीहरू, अशक्तता वा जटिल स्वास्थ्य आवश्यकताहरू भएका 18 वर्ष र सो भन्दा बढीका सबैजना। 

गम्भीर रोगको जोखिममा पार्ने स्वास्थ्य समस्या भएका 5 देखि 17 वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीले उनीहरूको अन्तिम डोज लगाएको वा COVID-19 बाट संक्रमण भएको 6 महिना भइसकेको छ भने, उनीहरूको खोप प्रदायकसँगको व्यक्तिगत जोखिम मूल्याङ्कनको आधारमा बूस्टर डोज प्राप्त गर्न सक्छन्।

COVID-19 को गम्भीर जोखिम नभएका 18 वर्ष वा सोभन्दा कम उमेरका बालबालिका र किशोरकिशोरीका लागि यो समयमा बुस्टर डोज सिफारिस गरिएको छैन।

सबै खोपहरू अष्ट्रेलियामा प्रयोगको लागि स्वीकृत छन् र COVID-19 बाट गम्भीर रोगहरू विरुद्ध धेरै बलियो सुरक्षा प्रदान गर्न जारी राख्छन्, तथापि, ओमिक्रोन-विशिष्ट द्विभ्यालेन्ट खोपहरू बूस्टरहरूको लागि प्राथमिकता दिइन्छ।

तपाईंले आफ्नो पछिल्लो COVID-19 खोप लगाएको मिति तपाईंको COVID-19 डिजिटल प्रमाणपत्र मा छ।

एउटा क्लिनिक फेला पार्नुहोस्र र बुक गर्नुहोस

बूस्टर डोज लगाउने समय कसरी बुक गर्ने 

बूस्टर डोज वा विन्टर बूस्टर डोज बुक गर्न COVID-19 क्लिनिक खोजकर्ता प्रयोग गर्नुहोस् वा ‘Hey Eva’ – खोपको सजिलो पहुँचको लागि प्रयोग गर्नुहोस्।

EVA, मानिसहरूलाई COVID-19 बिरुद्धको खोप बुक गर्न मद्दत गर्ने एक साधारण कलफिर्ता सेवा हो।

यदि तपाईंलाई COVID-19 बिरुद्धको खोप बुकिङ गर्न मद्दत चाहिएको छ भने ‘Hey EVA’ लेखी ०४८१ ६११ ३८२ मा सन्देश पठाउनुहोस्। National Coronavirus Helpline बाट एक प्रशिक्षित अपरेटरले तपाइँलाई तपाइँको COVID-19 खोप बुक गर्न मद्दत गर्न कल गर्नेछन्।

आवासीय वृद्ध हेरचाह केन्द्रका लागि बूस्टर कार्यक्रम

आवासीय वृद्ध हेरचाह केन्द्रहरूमा बूस्टर कार्यक्रम भइरहेको छ। आवासीय वृद्ध हेरचाह केन्द्रमा COVID-19 बूस्टर डोज खोप कार्यक्रम बारे थप पढ्नुहोस्।

अपाङ्गता भएका व्यक्तिहरूका लागि बूस्टर कार्यक्रम

साझा आवासीय आवासमा बस्ने अपाङ्गता भएका व्यक्तिहरूका लागि बूस्टर कार्यक्रम सुरु गरिएको छ। साझा आवासीय आवासमा बस्ने अपाङ्गता भएका व्यक्तिहरूका लागि COVID-19 बूस्टर डोज कार्यक्रमको बारेमा थप जान्नुहोस्।

COVID-19 बूस्टर डोजको सुरक्षा

पहिलो २ डोज पछिका साइड इफेक्ट जस्तै बूस्टर डोज पछि पनि सामान्य, हल्का साइड इफेक्टहरू देखिन्छन।

COVID-19 खोप सुरक्षा र साइड इफेक्टहरू बारे जानकारी हेर्नुहोस्।

Last updated:

Help us improve health.gov.au

If you would like a response please use the enquiries form instead.