The government is now operating in accordance with the Guidance on Caretaker Conventions, pending the outcome of the 2025 federal election.

COVID-19 बाट आफू र अरूलाई बचाउनुहोस्

तपाईं र तपाईं वरपरका मानिसहरू सुरक्षित रहन सुनिश्चित गर्न तपाईंले चाल्न सक्ने कदमहरू छन्।

खोप लगाउनुहोस्

COVID-19 खोपहरूले तपाईंलाई COVID-19 बाट गम्भीर रोगहरू विरुद्ध सुरक्षामा वृद्धि प्रदान गर्नेछ। हामी अस्ट्रेलियाको प्राविधिक सल्लाहकार समूह (ATAGI) ले कसलाई खोप लगाउनु पर्छ भन्ने सिफारिसहरू सल्लाह पालन गर्छौं।

तपाईँको खोपहरू सँग अद्यावधिक रहनुले तपाईँलाई उत्कृष्ट सुरक्षा दिन्छ।

खोप लगाउने समय लिनुहोस 

आवश्यक परेमा मास्क लगाउनुहोस

मास्क लगाउँदा तपाईं र तपाईंको वरपरका मानिसहरूलाई सुरक्षित राख्न सकिन्छ।

मास्कले भाइरसलाई हावाबाट फैलिनबाट रोक्छ। यसको मतलब तपाईमा भाइरस पस्ने वा तपाईले भाइरस फैलाउने सम्भावना कम छ। 

तपाईले कहिले मास्क लगाउनु पर्छ भनेर राज्य र क्षेत्रहरूमा फरक नियमहरू छन्। नवीनतम सल्लाहको लागि तपाईंको स्थानीय स्वास्थ्य विभागको वेबसाइट जाँच गर्नुहोस्। 

निम्न अवस्थामा मास्क लगाउनु राम्रो विचार हो: 

  • सार्वजनिक यातायात, क्लिनिक र अस्पतालहरू सहित भित्री सार्वजनिक स्थानहरूमा 
  • तपाईं अरूबाट शारीरिक दूरी कायम गर्न असमर्थ हुदा 
  • तपाईंले सकारात्मक परीक्षण गर्नुभएको छ, वा तपाईंलाई COVID-19 भएको छ जस्तो लाग्छ, र अन्य व्यक्तिहरूको वरिपरि हुनुहुन्छ भने। 

मास्कको सही प्रयोग गर्न तपाईंले निम्न कुरा गर्नुपर्छ: 

  • लगाउनु वा खोल्नु अघि आफ्नो हातहरू धुनुहोस् वा सेनिटाइज गर्नुहोस
  • यसले तपाईंको नाक र मुख छोपेको र तपाईंको चिउँडो मुनि राम्रोसँग मिलेको सुनिश्चित गर्नुहोस 
  • मास्क लगाउँदा वा निकाल्दा आफ्नो मास्कको अगाडिको भाग नछुनुहोस
  • यसलाई आफ्नो ठाउँमा राख्नुहोस् - यसलाई तपाईंको घाँटी वरिपरि वा तपाईंको नाक मुनि झुण्ड्याउनु हुँदैन
  • प्रत्येक पटक नयाँ एकल प्रयोग मास्क प्रयोग गर्नुहोस
  • प्रयोग पछि पुन प्रयोग गर्न सकिने मास्कहरू धुनुहोस् र सुकाउनुहोस् र सफा सुख्खा ठाउँमा भण्डारण गर्नुहोस्।
Date last updated:

Help us improve health.gov.au

If you would like a response please use the enquiries form instead.