सपोर्ट एट होम कार्यक्रमले
वृद्ध व्यक्तिहरूलाई अझ लामो समयसम्म
घरमै बस्न सजिलो बनाउँछ
सपोर्ट एट होममा निरन्तर सेवाहरू तथा
र तीन अल्पकालीन मार्गहरू छन्
निरन्तर सेवाहरू भनेका नियमित हेरचाह
र दैनिक क्रियाकलापहरूमा सहयोग हुन्
जस्तै नर्सिङ
नुहाउने र खानाको तयारी
अल्पकालीन मार्गहरू निम्न हुन्ः
पुनर्स्थापना हेरचाह मार्ग
जीवनको अन्त्य यात्रा मार्ग
र सहायक प्रविधि
र घर परिमार्जन योजना
अल्पकालिन मार्गहरू
सपोर्ट एट होमका निरन्तर सेवाहरू सँग-सँगै, वा
त्यसको सट्टामा पनि प्रयोग गर्न सकिन्छ
पुनर्स्थापना हेरचाह मार्गले
अल्पकालीन सम्बद्ध स्वास्थ्य र
नर्सिङ सहयोग प्रदान गर्छ, जसले
तपाईंलाई बिरामी वा चोटपटकपछि पुनः शक्ति
र आत्मविश्वास प्राप्त गर्न मद्दत गर्छ
यदि तपाईंले पहिले नै निरन्तर सेवाहरू
पाइरहनुभएको छ भने, तपाईंले यो मार्ग
एकै समयमा प्रयोग गर्न सक्नुहुन्छ
तर यदि तपाईं घरमै गरिने हेरचाह सेवामा नयाँ
हुनुहुन्छ भने, तपाईंलाई यो मार्ग वा निरन्तर
सेवाहरू मध्ये एउटाको लागि मात्र स्वीकृत हुनेछ
जीवनको अन्त्य यात्रा मार्गले
३ महिना वा त्यो भन्दा कम समय जीवन
बाँकी भएका र घरमै बस्न चाहने
वृद्ध व्यक्तिहरूलाई सहयोग गर्छ
प्रियजनहरूको माझमा
र परिचित वातावरणमा
यो राज्यद्वारा वित्त पोषित
उपशामक हेरचाहसँग मिलेर काम गर्छ
व्यक्तिगत हेरचाह, घरायसी सहयोग र
नर्सिङका लागि तुरुन्तै आर्थिक सहयोग
उपलब्ध गराउँछ
यो मार्गले निरन्तर सपोर्ट एट होम
सेवाहरूलाई प्रतिस्थापन गर्दछ
सहायक प्रविधि
र घर परिमार्जन योजनाले
उपकरण र घरको स्तरोन्नतिहरू
जस्तै र्याम्प, समात्ने रेलिङहरूका लागि
आर्थिक सहयोग प्रदान गर्छ
जसले तपाईंको मूल्याङ्कन गरिएका
आवश्यकता पुरा गर्छ
तपाईंको घरलाई अझ सुरक्षित बनाउन
र घरमा हिँडडुल गर्न सहज बनाउन
तपाईंले यो कोष निरन्तर सेवाहरू र अन्य
मार्गहरूको अलावा पनि पाउन सक्नुहुन्छ
सपोर्ट एट होम भनेको स्वतन्त्रता र
जीवनको गुणस्तरको एक छनोट हो
MyAgedCare.gov.au/SupportAtHome मा
गएर थप जान्नुहोस्
वा 1800 200 422 मा फोन गर्नुहोस्