वृद्ध मानिसहरूका लागि Support at Home बारे सिंहावलोकन

यो भिडियोले वृद्ध व्यक्ति, उनीहरूका परिवार र हेरचाहकर्ताहरूका लागि उपयुक्त Support at Home [सपोर्ट एट होम] कार्यक्रमको सिंहावलोकन प्रदान गर्दछ।

02:11

हामी वृद्ध हेरचाहमा परिवर्तन गर्दैछौँ

ताकि तपाईंले घरमा बस्न आवश्यक

पर्ने सहयोग प्राप्त गर्न सक्नुहुनेछ।

अष्ट्रेलिया सरकारको नयाँ

Support at Home कार्यक्रमले

वृद्ध मानिसहरूलाई आफ्नै घरमा अझ लामो

समयसम्म स्वतन्त्र रूपमा बस्न मद्दत गर्नेछ।

Support at Home ले हालका

Home Care Packages र

Short-Term Restorative Care कार्यक्रमहरूलाई

एउटा नयाँ कार्यक्रमको साथ प्रतिस्थापन गर्दछ

जसले तपाईंलाई घरमा बस्न आवश्यक पर्ने

सहायता तपाईंलाई आवश्यक

पर्दा उपलब्ध रहेको सुनिश्चित गर्दछ।

यदि तपाईं स्वीकृत भएमा

तपाईंले सरसफाई गर्ने,

बगैँचा गोड्ने, किनमेल गर्ने र

भोजन तयारी गर्ने जस्ता दैनिक कार्यहरूका

लागि सहयोग प्राप्त गर्न सक्नुहुन्छ।

तपाईंसँग नर्सिङ, फिजियोथेरापी

र मूत्र तथा मल नियन्त्रण सम्बन्धी

(कन्टिनेन्स) हेरचाह जस्ता

चिकित्सकीय हेरचाहमा पनि पहुँच हुनेछ।

यदि तपाईंसँग अधिक जटिल आवश्यकताहरू छन् भने,

तपाईंलाई तपाईंको घरमा बस्न मद्दत गर्न

उच्च स्तरहरूका सहायता उपलब्ध हुन्छन्।

तपाईंका आवश्यकताहरू पूरा गर्न

छोटो अवधिका मार्गहरू पनि छन्।

Assistive Technology and Home

Modifications योजनाले तपाईंलाई गतिशीलता,

घरेलु जीवन र सञ्चार जस्ता

चीजहरूमा सहयोग गर्न उत्पादनहरू,

उपकरण र घर परिमार्जनहरू

पहुँच गर्न मद्दत गर्दछ।

Restorative Care Pathway

ले तपाईंलाई स्वतन्त्र रहन र

तपाईंलाई मनपर्ने गतिविधिहरू

गर्न जारी राख्न मद्दत गर्न सक्छ।

End-of-Life Pathway ले वृद्ध मानिसहरूलाई

सकेसम्म लामो समयसम्म आफ्नो घरमा बस्न अनुमत

दिएर जीवनको अन्त्य नजिक भएका

मानिसहरूलाई थप सहायता प्रदान गर्दछ।

यदि तपाईंले पहिले नै Home Care Package

प्राप्त गर्दै हुनुहुन्छ भने,

तपाईंलाई नयाँ मूल्याङ्कन आवश्यक पर्दैन।

तपाईंको प्रदायकले तपाईंलाई Support at Home

मा जाने बारेमा सम्पर्क गर्नेछ।

तिनीहरूले तपाईंको हेरचाह

योजनाको समीक्षा गर्नेछन् र

तपाईंलाई सम्झौतामा हस्ताक्षर गर्न भनिनेछ।

Support at Home तपाईंलाई सबैभन्दा सहज

भएको ठाउँमा बस्न मद्दत गर्नको लागि हो।

थप जान्न, मद्दतको लागि My Aged Care

लाई सम्पर्क गर्नुहोस्।

Support at Home ले तपाईंलाई अझ लामो समयसम्म

घरमा स्वतन्त्र रूपमा बस्न मद्दत गर्दछ।

Video type:
Story
Publication date:
Date last updated:

Help us improve health.gov.au

If you would like a response please provide an email address. Your email address is covered by our privacy policy.