अष्ट्रेलिया सरकारले वृद्ध हेरचाहलाई
सबैका लागि दिगो र निष्पक्ष बनाउन
यस वर्षको नोभेम्बर १ देखि यसका लागि कसरी कोष
प्रदान गरिन्छ भन्ने कुरामा परिवर्तन गर्दैछ।
सरकारले तपाईंको अधिकांश वृद्ध हेरचाहलाई
कोष प्रदान गर्न निरन्तरता दिनेछ।
नोभेम्बर १ देखि Home Care Packages कार्यक्रमलाई
Support at Home ले प्रतिस्थापन गर्दा,
तपाईंले आफ्नो घरको हेरचाहको लागि कति तिर्नुहुन्छ
भन्ने कुरामा केही परिवर्तनहरू हुन सक्छन्।
तपाईंले आफूले प्राप्त गर्ने
सेवाहरूमा मात्र योगदान तिर्नु हुनेछ।
योगदानहरू सेवाको प्रकार र तपाईंको आय
र सम्पत्तिको आधारमा फरक हुनेछन्।
यदि तपाईंले Home Care Package प्राप्त
गरिरहनुभएको थियो वा १२ सेप्टेम्बर २०२४
मा वा त्यो भन्दा पहिले Home Care Package को
लागि योग्य भएको मूल्याङ्कन गरिएको थियो भने,
तपाईंले Home Care Package कार्यक्रम अन्तर्गत तिर्नु
पर्ने जस्तै समान वा अझ कम योगदानहरू तिर्नुहुनेछ।
१२ सेप्टेम्बर २०२४ पछि Support at Home सेवाहरूको
लागि मूल्याङ्कन गरिएका व्यक्तिहरूका लागि,
तपाईंका Support at Home योगदानहरू तपाईंको आय र
सम्पत्तिहरूको मूल्याङ्कनद्वारा निर्धारण गरिनेछ।
यदि तपाईंले पेन्सन पाउनु हुँदैन भने,
तपाईंले आफ्नो योगदान दरहरू मूल्याङ्कन
गर्नको लागि Services Australia लाई
आय र सम्पत्तिहरूबारे
जानकारी प्रदान गर्नुपर्नेछ।
तपाईंले नर्सिङ र फिजियोथेरापी जस्ता क्लिनिकल
हेरचाहका लागि योगदान दिन आवश्यक पर्ने छैन।
तपाईंले स्वतन्त्रता र
दैनिक जीवनका सेवाहरूमा
योगदान गर्ने रकम तपाईंको
आय र सम्पत्तिहरूमा निर्भर हुनेछ।
तपाईंले Assistive Technology and Home Modifications
योजना अन्तर्गत व्यक्तिगत हेरचाह र
उत्पादनहरू र उपकरण जस्ता स्वावलम्बन
सेवाहरूको लागि मध्यम योगदान गर्नुहुनेछ।
यी सेवाहरूले मानिसहरूलाई अस्पताल र आवासीय
वृद्ध हेरचाहमा जान नपर्ने गराउन मद्दत गर्दछ।
तपाईंले सरसफाई र बगैँचा गोड्ने जस्ता दैनिक
जीवन सेवाहरूका लागि उच्च योगदान गर्नुहुनेछ।
यदि तपाईंले आफ्नो हेरचाहका
लागतहरूमा योगदान दिन सक्नुहुन्न भने,
हालका कठिनाई व्यवस्थाहरू कायम रहनेछन्।
यसले आवश्यक पर्दा घरमा बस्न सहयोग
उपलब्ध छ भन्ने कुरा पनि सुनिश्चित गर्दछ।
थप जान्न, मद्दतको लागि
My Aged Care लाई सम्पर्क गर्नुहोस्।
Support at Home ले तपाईंलाई अझ लामो समयसम्म
घरमा स्वतन्त्र रूपमा बस्न मद्दत गर्दछ।