अस्ट्रेलिया भित्रको आन्तरिक यात्रा
यात्राको बारेमा जानकारीको लागि निम्न स्थानीय स्वास्थ्य विभागहरूको वेबसाइटहरू हेर्नुहोस्:
अन्तर्राष्ट्रिय यात्रा
COVID-19 ले अस्ट्रेलिया र विदेशमा स्वास्थ्य जोखिम कायमै राखेको छ। अन्तर्राष्ट्रिय यात्रा गर्दा मास्क लगाउने र खोप लगाउने सल्लाह दिन्छौं। तपाईंले खोकी लाग्दाको सरसफाइ र हातको सरसफाइको अभ्यास गर्नुपर्छ र सम्भव भएसम्म अरूसँग शारीरिक दूरी कायम गर्नुपर्छ।
केही देशहरू, एयरलाइन्स र जहाज सञ्चालकहरूले COVID-19 यात्रा आवश्यकताहरू राखेका हुन सक्छन्। यसमा तपाईंले आफ्नो उडान वा जहाजमा चढ्नु अघि चेक-इनमा पूर्व-प्रस्थान परीक्षण परिणाम समावेश गर्न आवश्यक हुन सक्छ। दुबैको आवश्यकताहरू जाँच गर्नुहोस्:
-
तपाईंले यात्रा गरिरहनुभएको देश, वा पारगमन (ट्रान्जिट) गरिरहनुभएको देश
-
एयरलाइन वा जहाज सञ्चालकहरूका आवश्यकताहरू।
संसाधनहरू
स्वदेश फर्कंदै गरेका अस्ट्रेलियाली नागरिकहरु
अस्ट्रेलियाका सिमानाहरू खुला छन्, र निम्न कागजपत्रहरु देखाउनु पर्ने Australian Government को नियम छैन:
- अस्ट्रेलिया पुगेपछि COVID-19 परीक्षणको नतिजा नकारात्मक आएको प्रमाण
- COVID-19 खोपको प्रमाण
- मास्क लगाउन बाध्य नभएपनी प्रोत्साहित गरिएको छ।
यात्रा बीमा
यदि तपाईं विदेशमा COVID-19 बाट बिरामी हुनुभयो भने यात्रा बीमा महत्त्वपूर्ण छ। तपाईंको बीमामा निम्न कुराहरु समावेश भएको सुनिश्चित गर्नुहोस्:
- पारगमन (ट्रान्जिट) गन्तव्यहरू
- COVID-19 समावेश
- अन्य थप सुबिधाहरू जस्तै पानी जहाज (क्रुज) विशिष्ट बीमा।
केही गन्तव्यहरूमा यात्रुहरूलाई प्रवेशको शर्तको रूपमा यात्रा बीमा गरेको हुन आवश्यक छ।
पानी जहाज (क्रुज) यात्रा
तपाईंको जहाज र गन्तव्यको लागि अद्यावधिक यात्रा आवश्यकताहरूको लागि आफ्नो पानी जहाज (क्रुज) प्रदायकसँग जाँच गर्नुहोस्।
खोप
पानी जहाज (क्रुज) मा यात्रा गर्ने यात्रुहरूले खोप लगाउनु पर्ने Australian Government को कुनै नियम छैन। यद्यपि, हामी निम्न कुराहरु सिफारिस गर्छौं:
- COVID-19 खोप लगाउन, यदि तपाईंले खोप लगाउनुभएको छैन भने तपाईंलाई गम्भीर रोग लाग्ने र दिर्घकालिन COVID-19 को सङ्क्रमण हुने सबैभन्दा ठूलो जोखिममा हुनुहुन्छ।
- यदि तपाईंले खोप लगाउनुभएको छैन भने पानी जहाज (क्रुज) मा यात्रामा पुनर्विचार गर्न।
पानी जहाजमा (क्रुज) प्रकोपहरू
अन्य प्रकारको यात्राको तुलनामा पानी जहाजहरूले (क्रुज) रोग फैलाउने उच्च जोखिम बोक्छन्। COVID-19, इन्फ्लुएन्जा, र अन्य संक्रामक रोगहरू नजिकै बस्ने मानिसहरू बीच सजिलै फैलिन्छ।
यदि तपाईंको क्रूजमा COVID-19 को प्रकोप देखा पर्यो भने, तपाईंले निम्न कुराहरू गर्न आवश्यक पर्दछ:
- जहाजमा क्वारेन्टाइन
- अवतरण गर्नुहोस् र तपाईं जुन राज्य वा क्षेत्र वा देशमा हुनुहुन्छ त्यहाँको स्थानीय नियमहरू पालन गर्नुहोस्।
यात्रा गर्नुअघि, पानी जहाज (क्रुज) यात्रा सँग सम्बन्धित स्मार्ट्रेभलरको सल्लाह जाँच गर्नुहोस्। आफ्नो ट्राभल एजेन्ट वा पानी जहाज (क्रुज) सन्चालकलाई उनीहरूको COVID-19 सुरक्षा प्रोटोकलहरूमा विशेष जानकारीको लागि सम्पर्क गर्नुहोस्।
राज्य र क्षेत्रीय सरकारहरूले अष्ट्रेलियामा पानी जहाज सन्चालन गर्न अपरेशनल हेल्थ प्रोटोकलहरू (operational health protocols) विकास र अद्यावधिक गर्छन्।
पानी जहाज (क्रुज) उद्योग प्रोटोकलले पानी जहाजमा (क्रुज) COVID-19 संक्रमणको जोखिम कम गर्न पनि मद्दत गर्दछ, जसमा निम्न कामहरु समावेश छन्:
- यात्रुहरूको लागि खोप आवश्यकताहरू पुरा गरेर
- प्रकोप व्यवस्थापन योजनाहरू बनाएर
- COVID-19 सुरक्षा योजनाहरू बनाएर।
अस्ट्रेलियाका लागि अन्तर्राष्ट्रिय यात्रीहरू
अस्ट्रेलियाका सिमानाहरू खुला छन्, र निम्न कागजपत्रहरु देखाउनु पर्ने Australian Government को नियम छैन:
- अस्ट्रेलिया पुगेपछि COVID-19 परीक्षणको नतिजा नकारात्मक आएको प्रमाण
- COVID-19 खोपको प्रमाण
- मास्क लगाउन बाध्य नभएपनी प्रोत्साहित गरिएको छ।
अस्ट्रेलिया प्रवेश गर्ने र प्रस्थान गर्ने बारे थप जान्नुहोस्।