कोरोनाभाइरस (COVID-19)

Coronavirus (COVID-19) को बारेमा जान्नुहोस्, आफू, आफ्नो परिवार र आफ्नो समुदायलाई जोगाउन मद्दत गर्न तपाईंले चाल्नुपर्ने महत्त्वपूर्ण कदमहरू, र यदि तपाईं वा परिवारको सदस्यले सकारात्मक परीक्षण गर्दा के गर्ने भन्ने कुरा पत्ता लगाउनुहोस्।

COVID-19 को बारेमा

COVID-19, coronavirus SARS-CoV-2 बाट लाग्ने रोग हो। केही मानिसहरूमा यसले हल्का रोग निम्त्याउँछ, तर केही अरूमा यसले गम्भिर रोग र मृत्यु निम्त्याउन सक्छ।

COVID-19 का लक्षणहरु

COVID-19 भएका अधिकांश मानिसहरूले हल्का लक्षणहरू मात्र अनुभव गर्छन्। यी तपाइँको नियमित दुखाइ कम गर्ने औषधि बाट व्यवस्थित गर्न सकिन्छ।

आफ्ना लक्षणहरू जाँच्नुहोस्

सामान्य लक्षणहरू कम सामान्य लक्षणहरू गम्भिर लक्षणहरू

ज्वरो वा उच्च तापमान

टाउको दुख्ने

सास फेर्न कठिन

धेरै थकित महसुस घाँटीको दुखाइ नीलो ओठ वा अनुहार
खोकी – कहिलेकाहीँ कफ सास फेर्न हल्का कठिन हुने छातीमा दुखाइ वा दबाब
स्वाद र/वा गन्धको शक्तीमा ह्रास माँशपेशी वा जोड्नीहरुको दुखाइ चिसो र चिपचिपा, वा फिक्का र धब्बा भएको छाला
नाक बाट पानी बग्नु बेहोस हुने वा गर्लम्मै लड्ने
चिसो महसुस हुने अलमलमा पर्ने
रिंगटा लाग्ने /बान्ता हुने उठ्न गाह्रो हुने
पखाला लाग्ने थोरै पिसाब लाग्ने वा पिसाबनै नआउने

यदि तपाईंमा माथि उल्लेखित कुनै पनि गम्भीर लक्षणहरू छन् भने, तुरुन्तै 000 मा फोन गर्नुहोस्। तपाईमा COVID-19 का गम्भीर लक्षणहरू भएको फोन सञ्चालकलाई बताउनुहोस् र तपाईलाई ambulance आवश्यक परेको हुनाले ambulance पठाउन भन्नुहोस्।

000 मा फोन गर्नुहोस्

यदि तपाई अंग्रेजी बोल्नुहुन्न भने 'एम्बुलेन्स' भन्नुहोस र दोभाषेको सहयोग माग्न सम्पर्कमा बस्नुहोस्।

यदि तपाईले COVID-19 सकारात्मक परीक्षण गरेको 6 हप्ता भन्दा बढी समय सम्म पनि COVID-19 का लक्षणहरू छन् भने, आफ्नो स्वास्थ्य सेवा प्रदायकसँग कुरा गर्नुहोस्।

आफू र अरूको सुरक्षा कसरी गर्ने

COVID-19 को फैलावटलाई सुस्त बनाउन सबैले भूमिका खेल्न सक्छन्। अरूलाई र आफूलाई सुरक्षित राख्न,तपाईंले निम्न कुराको पालना गर्नुहोस्:

  • यदि तपाईं अस्वस्थ हुनुहुन्छ भने घरमा बस्नुहोस्
  • राम्रो स्वच्छताको अभ्यास गर्नुहोस्
  • शारीरिक दूरीको अभ्यास गर्नुहोस् र अरूबाट 1.5 मिटर टाढा रहनुहोस्
  • मास्क लगाउनुहोस्
  • परीक्षण गर्नुहोस् र यदि तपाईको परीक्षण सकारात्मक छ भने तपाईलाई घरमै बस्न सिफारिस गरिन्छ।

COVID-19 बाट आफू, आफ्नो परिवार र आफ्नो समुदायलाई जोगाउने सबैभन्दा राम्रो उपाय भनेको खोप लगाउनु हो।

उच्च जोखिममा रहेका व्यक्तिहरू

कोही-कोही मानिसहरूलाई COVID-19 भयो भने धेरै बिरामी पर्न सक्छन्। उच्च जोखिममा परेका मानिसहरूमा निम्न मानिसहरू समावेश हुन्छन:

  • वृद्ध मानिसहरू
  • पहिलेनै स्वास्थ्य समस्या भएका मानिसहरू
  • आदिवासी र टोरेस ष्ट्रेट आईलेन्डर व्यक्ति
  • अपाङ्गता भएका मानिसहरू।

परिक्षण गर्न

यदि तपाईंमा हल्का भए पनि COVID-19 का कुनै पनि लक्षणहरू छन् भने, तपाईंले जतिसक्दो चाँडो परीक्षण गर्नुपर्छ।

COVID-19 परीक्षण गर्न सक्ने 2 प्रकारका परीक्षणहरु छन् :

  • polymerase chain reaction (पोलिमरेज चेन प्रतिक्रिया), जसलाई PCR पनि भनिन्छ
  • rapid antigen tests (द्रुत एन्टिजेन परीक्षणहरू), जसलाई RAT पनि भनिन्छ।

यदि तपाईंलाई PCR परीक्षण आवश्यक छ भने, तपाईंको डाक्टर वा स्वास्थ्य सेवा प्रदायकले तपाईंको लागि सिफारिस गर्न सक्दछन्।

तपाईंले निजी प्रयोगको लागि अनलाइन, केही सुपरमार्केटहरू, खुद्रा पसल्हरू र पेट्रोल स्टेशनहरूबाट द्रुत एन्टिजेन परीक्षणहरू किन्न सक्नुहुन्छ।

कहिले परिक्षण गर्नुपर्छ

 तपाईं निम्न अवस्थाको भएमा तपाईंले COVID-19 परीक्षण गराउनुपर्छ:

  • COVID-19 लक्षणहरू भएमा -तपाईंको लक्षणहरू हल्का भए तापनि 
  • तपाईलाई COVID-19 भएको थियो र 28 दिन पछि नयाँ COVID-19 लक्षणहरू देखा परेमा
  • एक स्वास्थ्य पेशेवर द्वारा परिक्षण गर्न सल्लाह दिइएको छ।

तपाईँको परीक्षण पछि

एकचोटि तपाईंले परीक्षण गरिसकेपछि, अरूलाई सङ्क्रमणको जोखिम कम गर्न लक्षणहरू देखिएमा तपाईंले घरमै बस्नुपर्छ।

COVID-19 को परीक्षण गराउने बारे थप जान्नुहोस्।

यदि तपाइँको सकारात्मक परीक्षण भयो भने तपाईंले के गर्ने

यदि तपाईंले COVID-19 का लागि सकारात्मक परीक्षण गर्नुभयो भने, तपाईंका लक्षणहरू निको नभएसम्म तपाईं घरमै बस्नुपर्छ।

तपाईलाई तत्काल चिकित्सा हेरचाहको आवश्यकता नभएसम्म,तपाई उच्च जोखिम भएका स्थानहरू जस्तै वृद्ध र अशक्तता हेरचाह सेवाहरू, र अस्पतालहरूमा जानु हुँदैन।

यदि तपाईंले COVID-19 का लागि सकारात्मक परीक्षण गर्नुभयो भने के गर्ने बारे थप सल्लाहको लागि आफ्नो राज्य वा क्षेत्र स्वास्थ्य विभागको वेबसाइटमा हेर्नुहोस्।

COVID-19 खोपहरू बारे

यदि तपाईंलाई COVID-19 भएको छ र निको भइसकेको छ भने, तपाईंले अर्को COVID-19 खोपको डोज प्राप्त गर्नुपर्छ।

COVID-19 बाट निको भएका मानिसहरूलाई संक्रमण भएको 6 महिनापछि अर्को खोपको डोज लिन सिफारिस गरिन्छ।

COVID-19 को धेरैजसो केसहरू घरमा व्यवस्थापन गर्न सकिन्छ – विशेष गरी खोप लगाएका व्यक्तिहरूमा। तपाईले अपेक्षा गर्नु पर्छ भन्ने बारे थप पढ्नुहोस्:

तपाइँलाई COVID-19 भएको बेला गराइएको स्तनपान

यदि तपाइँ स्वस्थ महसुस गर्दै हुनुहुन्छ भने, तपाइँ स्तनपान जारी राख्न सक्नुहुन्छ। तपाईंबाट तपाईंको बच्चामा प्रतिजीवीहरू सर्नेछन्।

यदि तपाईं चिन्तित हुनुहुन्छ, वा प्रश्नहरू छन् भने, तपाईंले Breastfeeding Helpline (स्तनपान हेल्पलाइन) मा सम्पर्क गर्न सक्नुहुन्छ। हेल्पलाइन दिनको 24 घण्टा, हप्ताको 7 दिन उपलब्ध छ।

1800 686 268

यदि तपाईंलाई दोभाषे चाहिन्छ भने,Translating and Interpreting Service (अनुवाद र दोभाषे सेवा) 131 450 मा फोन गर्नुहोस् र उनीहरूलाई स्तनपान हेल्पलाइनमा टेलिफोन गर्न भन्नुहोस्।

यदि तपाईंको बच्चालाई COVID-19 भएमा

तपाईंको बच्चालाई COVID-19 भएको पत्ता लाग्नु तनावपूर्ण हुन सक्छ। बालबालिकाहरू विरलै रुपमा COVID-19 बाट गम्भीर बिरामी हुन्छन्। प्रायजसो बालबालिकाहरुमा कुनै लक्षण देखा पर्नेछैनन् वा हल्का लक्षणहरू मात्र देखा पर्नेछन्।

यदि तपाईं आफ्नो बच्चाको लक्षणहरूको बारेमा चिन्तित हुनुहुन्छ भने, सकेसम्म चाँडो आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

यदि तपाईंको बच्चाले गम्भीर लक्षणहरू देखाउँदै छन भने, तुरुन्तै 000 मा फोन गर्नुहोस्। यदि तपाइँ अङ्ग्रेजी बोल्न सक्नुहुन्न भने, 'एम्बुलेन्स' भन्नुहोला र दोभाषे सँग कुरा गर्न लाइनमा बस्नुहोस्।

COVID-19 को Oral treatments(औषधी सेबन बाट गरिने उपचार)

COVID-19 को Oral treatments (औषधी सेबन बाट गरिने उपचार) वयस्कहरूमा हल्का देखि मध्यम COVID-19 को उपचारको लागि एक विकल्प हो। यिनिहरु ट्याब्लेट वा क्याप्सुलको रूपमा लिइने औषधिहरू हुन्।

COVID-19 को Oral treatments (औषधी सेबन बाट गरिने उपचार) सबैको लागि उपयुक्त छैन। डाक्टरको सिफारिस भएमा मात्र तपाईंले यी औषधी प्राप्त गर्न सक्नुहुन्छ।

COVID-19 को उपचार बारे थप जान्नुहोस्।

कहाँ बाट मद्दत प्राप्त गर्ने

The National Coronavirus Helpline ले तपाईंले COVID-19 को सकारात्मक परीक्षण गर्नुभयो भने के गर्ने बारे जानकारी र सल्लाह प्रदान गर्दछ। यो लाइन दिनको 24 घण्टा, हप्ताको 7 दिन सञ्चालन हुन्छ।

1800 020 080

यदि तपाईंलाई दोभाषे चाहिन्छ भने, National Coronavirus Helpline मा फोन गर्नुहोस् र विकल्प 8 चयन गर्नुहोस्।

आर्थिक सहयोग

आर्थिक सहयोग उपलब्ध हुन सक्छ। Services Australia मा गएर आफ्नो भाषामा जानकारी खोज्न 'अनुवाद' मा क्लिक गर्नुहोस्।

शारीरिक तथा मानसिक स्वास्थ्य सहयोग

यदि तपाइँसँग Medicare कार्ड छ भने तपाइँ फोन वा भिडियो मार्फत टेलिहेल्थ (स्वास्थ्य) सेवाहरू लिन सक्नुहुन्छ।

यदि तपाइँ COVID-19 बाट गम्भीर मानसिक स्वास्थ्य समस्याहरू अनुभव गर्दै हुनुहुन्छ भने, तपाइँ अतिरिक्त मानसिक स्वास्थ्य सत्रहरू लिन सक्नुहुन्छ।

टेलिहेल्थ अपोइन्टमेन्ट लिन वा मानसिक स्वास्थ्य सत्रहरूमा लिन आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस्।

यदि तपाईँलाई अहिले मद्दत चाहिएको छ भने

यदि तपाईंलाई अहिले मद्दत चाहिएको छ भने तपाईंले सम्पर्क गर्न सक्ने विभिन्न मानसिक स्वास्थ्य सेवाहरू छन्:

यदि तपाईं घरेलु हिंसाका कारण घरमा सुरक्षित महसुस गर्नुहुन्न भने आफ्नो राज्य वा क्षेत्रको प्रहरीलाई सम्पर्क गर्नुहोस् वा 1800 RESPECT (1800 737 732) मा कल गर्नुहोस्।

यदि तपाईंलाई दोभासे आवश्यक पर्छ भने TIS National ले तपाईंलाई यी सेवाहरूमा जडान गर्न सक्छ।

131 450

संसाधनहरू

Date last updated:

Help us improve health.gov.au

If you would like a response please use the enquiries form instead.