कोरोनाभाइरस (COVID-19) को बारेमा

COVID-19 रोग र तपाईंले नवीनतम केस सङ्ख्याहरू कहाँ फेला पार्न सक्नुहुन्छ भन्ने बारे जान्नुहोस।

COVID-19, coronavirus SARS-CoV-2 बाट लाग्ने रोग हो।

COVID-19 का संस्करणहरु देखा परिरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) चिन्ता र चासोको संस्करणहरु पत्ता लगाउन को लागि जिम्मेवार छ। 

अष्ट्रेलियाका संस्करणहरु बारे थप जान्नुहोस्।

वर्तमान स्थिति

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ११ मार्च २०२० मा नोवेल कोरोनाभाइरस (COVID-19) लाई विश्वव्यापी महामारी घोषणा गरेको थियो।

COVID-19 महामारी घोषणा अहिले पनि लागु छ।

महामारी र हामीले यसलाई कसरी व्यवस्थापन गरिरहेका छौं भन्ने बारे थप जान्नुहोस्।

लक्षणहरू

COVID-19, coronavirus SARS-CoV-2 बाट लाग्ने रोग हो।

COVID-19 का लक्षणहरू हल्का देखि गम्भीर सम्म हुन सक्छन्।

केही मानिसहरू सजिलै निको हुन्छन् भने केही अरू धेरै बिरामी हुन्छन्। यदि तपाईंले COVID-19 को लागि सकारात्मक परीक्षण गर्नुभयो भने तपाईंले निम्न कुराहरुको अनुभव गर्न सक्नुहुन्छ:

  • ज्वरो
  • खोकी
  • घाँटीको दुखाइ
  • सास फेर्न गाह्रो हुने

थप जानकारीको लागि, COVID-19 का लक्षणहरू पहिचान गर्ने सम्बन्धमा हाम्रो तथ्य पाना हेर्नुहोस्।

केही व्यक्तिहरूले कुनै पनि लक्षणहरू अनुभव गर्दैनन् (एसिम्प्टोमेटिक) तर पनि भाइरस सर्न सक्छ। 

दीर्घकालीन प्रभावहरू

COVID-19 देखिएका अधिकांश मानिस पूर्ण रुपमा निको हुन्छन्, तर केही व्यक्तिमा दीर्घकालीन (long) COVID हुन सक्छ।

दीर्घकालीन (long) COVID का लक्षणहरू COVID-19 भन्दा फरक छन्। तपाईंले निम्न लक्षणहरू अनुभव गर्न सक्नुहुन्छ: 

  • अत्यधिक थकाइ (थकान)
  • सास फेर्न गाह्रो हुने, मुटुको धड्कन बढ्ने, छाती दुख्ने वा कसिलो हुने
  • स्मृति र एकाग्रतामा समस्याहरू 
  • स्वाद र गन्धमा परिवर्तन
  • जोर्नी र मांसपेशी को दुखाइ।

कहिलेकाहीँ यी लक्षणहरू हप्ता वा महिनासम्म रहन सक्छन्।

 दीर्घकालीन (long) COVID बारे थप जान्नुहोस्।

Date last updated:

Help us improve health.gov.au

If you would like a response please use the enquiries form instead.