अनुहारको मास्कले COVID-19 जस्ता भाइरसहरूलाई फैलिनबाट रोक्न र बिरामी हुने जोखिम कम गर्न मद्दत गर्दछ।
यसलाई लगाउनुका राम्रा कारणहरू धेरै छन्।
म आफ्नो गर्भमा रहेको बच्चाको सुरक्षाको लागि मास्क लगाउँछु।
म आफ्नो सुरक्षाको लागि मास्क लगाउँछु।
म मेरी बिरामी हजुरआमाको सुरक्षाका लागि मास्क लगाउँछु।
आफूसँग मास्क राख्नुहोस् ता कि आवश्यक परेको बेला तपाईंले यसको प्रयोग गर्न सक्नुहुनेछ। यदि तपाईंले कसैले मास्क लगाएको देख्नुभयो भने उनीहरूको उक्त चयनलाई सम्मान गर्नुहोस्।
आफू र आफ्नो समुदायलाई COVID-19 बाट कसरी सुरक्षित राख्ने भन्ने बारेमा थप जानकारीको लागि नेशनल कोरोनाभाइरस हेल्पलाइनलाई 1800 020 080 मा फोन गर्नुहोस्। नि:शुल्क दोभाषे सेवाको लागि विकल्प 8 चयन गर्नुहोस् ।